तपाईंले आफ्नो मतदाता विवरण रुजु गराउनु भयो ?

निर्वाचन आयोगले सङ्कलन गरेको फोटासहितको मतदाता नामावलीमा तपाईंले आफ्नो विवरण भरेर बुझाइ सक्नु भएको होला ! विवरण बुझाउन छुटेको भए पनि बुझाउने तरखरमा हुनु हुन्छ होला ! आगामी निर्वाचनमा फोटोसहितको मतदाता नामावलीको आधारमा मात्र मतदान गर्न पाउने भएकोले सबै योग्यता पुगेका नेपाली नागरिकहरुले आफ्नो नाम दर्ता गराउनै पर्ने हुन्छ । यसै विवरणबाट राष्ट्रिय परिचय पत्रसमेत बनाउने नेपाल सरकारले कार्यक्रम तय गरको छ ।

संकलन गरिएको नामावलीलाई अझ शुद्ध र दुरुस्त बनाउन निर्बाचन आयोगले फेरी अनलाइन मार्फत आफ्नो विवरण रुजु गर्न आह्वान गरेको छ ! जनताको भोट हाल्ने अधिकारको सुनिश्चित गर्न थालिएको कार्यमा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग गर्नु हाम्रो कर्तब्य पनि हो !

तपाईंले अनलाइन मार्फत नै आफ्नो विवरण रुजु गराउन सक्नु हुन्छ ! त्यसको लागि पहिले निर्बाचन आयोगको साइटमा जानुस ! पेज खोल्न यहाँ थिच्नुस

पेज खोलि सकेपछि एउटा फारम देख्नु हुन्छ ! आफ्नो जिल्ला, गा.वि.स./न.पा. अनि वडा नम्बर छानेर Submit बटन क्लिक गर्नुस !

अब पेजमा आफ्नो वडामा दर्ता भएका मतदाताहरुको सूची आउछ ! आफ्नो नाम खोजेर अब ‘मतदाता विवरण’ बटनमा क्लिक गर्नुस !

अब आफ्नो प्रमाणीकरणको लागि अर्को एउटा फाराम देख्नु हुन्छ ! अरुले तपाईं को विवरण चलाउन नपाओस भनेर सुरक्षा को लागि यो राखिएको हो !

यहाँ तपाइले आफ्नो जन्म मिति वा नागरिकता प्रमाण पत्र नम्बर हालेर मात्र अगाडी बढ्न सक्नु हुन्छ ! त्यहा छान् भनिएको फोटोमा क्लिक गरेर बटन थिचे पछि बल्ल तपाइको फोटो सहित विवरण आउछ !

यदि आफ्नो विवरण सहि छ भने ‘विवरण ठीक छ’ छानेर बटन क्लिक गर्नुस ! आफ्नो विवरणमा केहि सच्याउनु पर्ने छ भने ‘विवरण ठीक छैन’ मा क्लिक गर्नुस ! क्लिक गरि सकेपछि अर्को फाराम देखा पर्छ ! त्यहा आफ्नो सहि विवरण भरेर बटन थिचे पछि अब तपाईंको नयाँ विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जान्छ अनि सच्याउने प्रक्रिया अगी बढ्छ !

फोटोसहितको मतदाता नामावली वेवसाइटमा राखिएको सम्बन्धमा प्रेस विज्ञप्ति

मिति २०६९।१।२८

१. निर्वाचन आयोगले सङ्कलन गरेको फोटासहितको मतदाता नामावली सम्बन्धित गाउँ विकास समितिको कार्यालय र नगरपालिकाको वडा कार्यालयमा प्रकाशन गरिसकेकोमा जनसमुदायको व्यापक माग समेतलाई ध्यानमा राखी आयोगको वेबसाइट www.election.gov.np मा समेत हेर्न सक्ने गरी राखेको छ।
२. व्यक्तिको फोटोसहितको विस्तृत विवरण हेर्नको लागि सम्बन्धित व्यक्तिले जन्म मिति वा नागरिकता नम्बर मध्ये कुनै एक विवरण उल्लेख गर्नुपर्ने व्यवस्था गरी सो विवरण मिलेमा देखिने व्यवस्था गरिएकोछ। यदि जन्म मिति र नागरिकता नम्बर दुबैबाट पनि विवरण नखुलेमा जुन जिल्लामा मतदान गर्ने गरी नाम दर्ता गरिएको हो सो जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गरी नाम र विवरण हेर्नु पर्नेछ।
३. यदि प्रकाशित विवरण ठीक भएमा “ठीक छ” भन्ने कोष्ठमा क्लिक गर्नु पर्नेछ।
४. यदि प्रकाशित विवरण नमिलेको पाइएमा वा त्रुटी भएको पाइएमा “ठीक छैन” भन्ने कोष्ठमा क्लिक गर्नु पर्नेछ।
५. त्यसपछि विवरण नमिलेको वा त्रुटी भएको व्यहोरामा के के हुनु पर्ने हो सो विवरण दिइएको वेब फाराममा भर्नु पर्नेछ।
६. यसरी वेब फारामबाट सङ्कलित सच्याउनु पर्ने विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पुग्ने व्यवस्था गरिएकोछ।
७. वेब फाराममा विवरण भरी पठाउँदा आफ्नो इमेल ठेगाना र मोबाइल वा फोन नम्बर उल्लेख गर्नु पर्नेछ।
८. त्रुटी सच्याउनको लागि वेब फाराम भरी पठाउने मतदाताको विवरणका बारेमा जिल्ला निर्वाचन कार्यालयले बुझ्नु पर्ने प्रमाण बुझी सच्याउनु पर्ने भए सच्याई अद्यावधिक गरी अन्तिम नामावलीमा समावेश गर्ने व्यवस्था गरिएकोछ।
९. यस सम्बन्धमा थप जानकारी लिन चाहनेले आयोगको फोन नं. ०१४२३०४९१ मा सम्पर्क गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

शारदाप्रसाद त्रिताल
सहसचिव एवं प्रवक्ता

फोटाहरु : निर्वाचन आयोग, इकान्तिपुर

6 thoughts on “तपाईंले आफ्नो मतदाता विवरण रुजु गराउनु भयो ?

  1. maile ruju ta garaye, tara mero date of birth mistake raicha, milauna ko lagi uilei form bhare pani aile samma mileko chaina

Leave a Reply

Your email address will not be published. Required fields are marked *