आफ्नो साइट वा व्लगमा टुइटरको फिड कसरी देखाउने ?

के तपाईँ टुइटरको आफ्नो टुइटहरु ब्लग वा वेबसाइटमा देखाउन चाहनु हुन्छ ? तपाईलाई आफ्नो टाइमलाइन, फेवरेट गरेका टुइटहरु वा टुइटर लिस्टमा भएका टुइटहरु आफ्नो साइटमा राख्न मन लाग्ला ! टुइटरको फिड तानेर आफ्नो साइटमा देखाउन विभिन्न Javascript कोडहरु प्रयोग गर्न सकिन्छ ! यस्ता सुबिधा दिने कतिपय वेब एप्लिकेसन पनि इन्टरनेटमा नपाइने हैन ! धेरै जसो तेस्ता एप्लिकेसनले आफ्नो बिज्ञापन पनि राखेर फिड देखाउने गर्छन !

सजिलै र यस्ता झन्झट बिना पनि तपाइँ आफ्नो टुइटहरु वेबसाइट देखाउन सक्नु हुन्छ ! टुइटर आफैले यो सुबिधा दिएको छ ! सामान्य सेटिङ्ग मिलाएर कोड कपि गरी पेस्ट गरेर मात्रै पनि साइटमा आफ्नो टुइट राख्न सक्नु हुन्छ !

टुइटर फिड साइटमा राख्ने तरिका

  • पहिला टुइटरको यो पेजमा जानुस https://twitter.com/about/resources ! यो पेज भनेको टुइटरसंग सम्बन्धित बटन, लोगो, विजेटहरुको पेज हो !
  • अब Widgets मा क्लिक गर्नुस ! अर्को पेज खोली सकेपछी My Website मा क्लिक गर्नुस !
  • Profile Widget मा क्लिक गरे पछी अब विजेटको सेटिंग मिलाउने पेज आउछ ! Username मा तपाइले देखाउन खोज्नु भएको टुइटरको आइडी राख्नुस ! विजेट, अक्षर, लिंक आदिको रंग आफ्नो इच्छा अनुसार परिबर्तन गर्न सकिन्छ ! विजेटमा कति ओटा टुइट देखाउने, कति कति बेरमा विजेटलाई रिफ्रेस गराउने, विजेटको चौडाई र उचाई सेटिंगहरु मिलाउनुस ! Test Settings क्लिक गरेर आफ्नो सेटिंगहरुले विजेट लाई कस्तो देखिन्छ भनेर जाँच्न पनि सकिन्छ !
  • सबै सेटिंग ठिक छ भन्ने भए पछी Finish & Grab Code क्लिक गर्नुस ! अब तपाईले बक्समा कोड देख्न सक्नु हुन्छ ! बक्सको सबै कोड कपि गरेर आफुले चाहेको साइटमा प्रयोग गर्न सक्नु हुन्छ ! WordPress हो भने Text विजेटमा पेस्ट गर्नु पर्छ ! Blogger को लागि हो भने HTML/Javascript भन्ने Gadget मा लगेर पेस्ट गर्नुस अथवा सिदै ‘Add To Blogger’ क्लिक गरेर पनि गर्न सकिन्छ !

यदि तपाई आफुले फेवरेट गरेका टुइटहरु देखाउन चाहनु हुन्छ भने त्यसको लागि Faves Widget क्लिक गर्नु पर्छ ! यसमा पनि सामान्य सेटिंग मिलाएर उही तरिकाले कोड पाउन सकिन्छ ! टुइटरले दिने Search Widget झन् उपयोगी विजेट हो ! रियल टाइममा सर्च रिजल्टहरु देखाउन सक्ने भएकोले कुनै शब्द वा ह्याशट्याग खोजी गरेर साइटमा राख्न निकै सजिलो हुन्छ ! अर्को विजेट पनि हामीलाई उपलब्ध छ: List Widget ! यसमा टुइटरको कुनै लिस्टको टुइटहरु देखाउन सकिन्छ !

टुइटर बटन

आफ्नो वेबसाइटको पेज वा पोस्ट सेयर गर्न सजिलो बनाउन टुइटर बटन प्रयोग गर्न सकिन्छ ! यो पेज (https://twitter.com/about/resources) खोल्दा Twitter Button क्लिक गर्नु भयो भने त्यहाँ बिभिन्न बटन हरु देख्नु हुन्छ ! Share a link बटन लिंक सेयर गर्न चाहिने बटन हो ! यो प्रयोग गर्न विजेट राख्दा गरे जस्तै कोड कपि गरेर आफ्नो साइटमा पेस्ट गर्ने हो ! Follow, Hashtag र Mention बटन पनि त्यहाँ उपलब्ध छ !

विभिन्न फर्म्याटमा टुइटरको लोगो चाहिएको छ भने पनि अन्त खोजी रहनु पर्दैन ! PNG र bmp लोगो त्यहीँबाट डाउनलोड गर्न सकिन्छ ! अझ लोगोहरु भेक्टर फर्म्याटमा पनि डाउनलोड गर्न मिल्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *