[दिवङ्गत हजुरआमा रत्नमाया शर्मा को सम्झनामा मेरो बुबाले लेख्नु भएको केहि हरफहरु ! हजुरआमाको आत्माको चीरशान्ति को कामना !!!]
आकाशगंगामा हेरें ताराहरु देखें
धर्ती सागरमा खोजे मायाहरु भेटें
तर तिमीलाई देख्न सकिन, भन तिमी कहाँ छ्यौ ।
बारीका डल्ला पल्टाएर खोजें
खेतका आली भत्काएर खोजें
तर तिमीलाई पाउन सकिन, भन तिमी कहाँ छ्यौ ।
थाकेका मनले बिछ्यौनामा खोजें
भोको पेटले भान्सामा खोजें
तर तिमीलाई भेट्न सकिन, भन तिमी कहाँ छ्यौ ।
लखतरान ज्यानले कोठामा खोजें
निराश मनले भित्तामा देखें
तर तिमीलाई छुन सकिन, भन किन कहाँ छ्यौ ।
भावविव्हल हुदै हजार कुरा सोधें
मन थाम्न नसकेर धेरौ पटक रोए
तर तिम्रा बोली सुन्न सकिन, भन किन नबोलि बस्छ्यौ ।
मुस्कुराएका तिम्रा तस्वीरमा जीवन खोजें
ओंठ माथिका कालो कोठीमा आमा खोजें
तर तिम्रो हासों पाउन सकिन, भन ‘भोक लाग्यो होला के खान्छौ’ – किन भन्दिनौ ।
१ भाद्र २०६९
केशब लोचन शर्मा
सानोसिरुवारी, सिन्धुपाल्चोक