गर्नु गर्‍यो बन्दले ! अब बन्दलाई बन्द गरौँ

बन्द भनेर घोषणा गरेको दिन ! अघिल्ला दुइ चार ओटा बन्दहरु खासै प्रभाबकारी नभएकाले यो पाली पनि तेस्तै हो कि भन्ने लागे पनि कडा बन्द होला भन्ने नि डर थियो मनमा ! तयार भएर निक्लने बेलामा आमाले ” ए बाबु, बन्द छ रे नि त आज ! तँ हिड्न लागेको? ” भन्दै आत्तिदै हुनु हुन्थ्यो! अपिसमा निकै काम छ , मिलेसम्म जान्छु भन्दै निक्लेँ घरबाट बाइक लिएर ! गाडी केहि चल्या छैन त ! बाइक एक दुइटा मात्रै छ ! बाटोमा बरु हिडिरहेका मान्छेहरुको ताँती !

जडिबुटी चोक मै एक हुल बन्दकर्ता देखियो ! सुरक्षाकर्मीहरु तैनाथ थिए तर सवारी साधन केहि गुडेको थिएन ! “उ बाइक आयो बाइक” भनेर एउटा आफु तिर देखाउदै थियो , किन रिस्क लिनु भनेर गल्ली भित्र छिरी हालेँ ! निक्लेर कोटेश्वर चोक मै अर्को टोली, तैत ! अरु दुइ तिन जना बाईकवाला पनि जाम कि नजाम भनेर छेउमा साइड लगार बसिराथे ! चोकको मुख्य हुलबाट छुटिएर नौ दस जना ठिटाहरु दौडेर हामी तिर आए पछी सबको भागाभाग ! ज्यानको र यहि भाको एउटा खटारोलाई जोखिममा राखेर चै गईदैन अपिस भनेर फर्कियो घर मै ! दस किलोमिटर हिडेर अपिस पुग्न यो ज्युले आँटेन !

क्षत्री, ब्राह्मण, दसनामी सन्न्यासी, ठकुरी, दलितलगायतलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने माग गर्दै राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको रे दुइ दिने नेपाल बन्द ! बन्दका कारण शैक्षिक संस्था, यातायात, कलकारखाना, पसल लगायत ठप्प भा अवस्था ! नेपालमा मात्र पाइने चिजहरुमा अब ‘बन्द’ लाई नि राखेर सामान्य ज्ञानमा राख्न पर्ने अवस्था आइसक्या छ अब त ! विदेशमा बिरलै सुनिने बन्द नेपालमा छयास छ्यास्ती पाइन्छ ! खुद्रामा एक दुइको बन्द त छदैछ होलसेलमा हप्तौ पनि बन्द हुन्छ यहाँ ! सुदुर पश्चिममा दुइ हप्ता हुन लाग्यो बन्द भाको ! पूर्बमा केहि दिन भो ! अब केहि समुहले मध्य पश्चिममा नि गर्ने रे ! नेपाल नै झ्याप्पै बन्द हुने त झन् भैहाल्यो !

बन्द त यहाँ यति सस्तो भा छ कि के भन्नु र ! गाडीले हानेर कुखुरा मर्यो भनेर सम्म नि राजमार्ग बन्द हुन्छ हाम्रो देशमा ! रोड साइडको गाउमा केहि भयो कि बाटो बन्द गरिन्छ , हेर अब यात्रुको बिजोग ! संघियता चाइयो भनेर बन्द ! संघियता चाइदैन् भनेर बन्द ! छुटै प्रान्त चाइयो भनेर बन्द ! अर्को लाई छुटै प्रान्त नदे भनेर बन्द ! राजाको समर्थनमा बन्द ! राजाबादीहरुले चलखेल गर्न लागे भनेर बन्द ! बन्द गर्नी चलनलाई नै बरु बन्द गरे त हुने नि !

नेपाल उद्दयोग बाणिज्य महासंघका अनुसार एक दिनको बन्दले गर्दा देशलाई १.२ अरब देखि १.८ अरब सम्म घाटा लाग्छ ! यो भनेको प्रत्यक्ष देखिने गरि औद्योगिक क्षत्रमा भएको घाटा मात्र हो ! अप्रत्यक्ष घाटा यो भन्दा निकै बढी हुन्छ ! बन्दले गर्दा पर्यटनमा निकै नै नराम्रो असर गर्छ ! नेपाल आएका पर्यटक हरु को बसाइ छोटिने क्रम बढ्छ भने आउन लागेकाहरु पनि बुकिंग रद्द गर्न थाल्छन ! यसबाट फैलिने नेपालको धुमिल चित्रले दुरगामी असर पर्नेछ !

बन्द हुनु भनेको मान्छेको स्वतन्त्रता माथिको आक्रमण हो ! मान्छेले निस्फिक्री काम गारेर खान पाउन त पर्यो नि ! दिन भरि काम गरेर छाक टार्नेहरुले कसरि निर्बाह गर्लान ! शिक्षा , स्वास्थ्य, आदि बाट जनतालाई बन्चित गराउनु कुनै पनि हालत न्यायोचित हुदैन ! बन्दकै कारण समयमा उपचार नपाएर ज्यान गएको खबर नि सुनिएकै हो ! तेतिकै दुखमा बाची रहेका नेपालीलाई यो बन्दले दुख थप्ने बाहेक अरु केहि गरेको जस्तो लाग्दैन !

त्यसैले सबै बन्दकर्तामा बिनम्र अनुरोध ! बन्द, हड्ताल, चक्का जाम जस्ता कार्यक्रम आह्वान गरेर नेपालीलाई दुखको उपरी माथि थुपारी नगरिदोनोस ! यो बन्द भन्दा अगी नै हामीलाई टेन्सन नै टेन्सन छ ! खुला भा दिनमा त कति संघर्ष गरेर बाचीरा’छौ ! त्यहा माथि देश नै बन्द गर्दिने ? यो त भएन नि ! केहि चित्त बुझेन भने सिंह दरबार जानु, नेताहरुकाँ गएर कुरा गर्नु, प्रधानमन्त्रि लाई फोन गर्नु तर जनता लाई दुख चै नदीम न है ! प्लीच !

Leave a Reply

Your email address will not be published. Required fields are marked *