ब्लगिङ्ग र माइक्रोब्लगिङ्ग

आफ्नो विचार र अनुभब अरुसंग साट्न इन्टरनेट सजिलो माध्यम बनेको छ ! अनलाइन माध्यमबाट आफ्ना कुराहरु अरु समक्ष्य राख्नुलाई ब्लगिङ्ग भनिन्छ ! अंग्रेजी शब्द blog दुइटा शब्द web र log मिलेर बनेको हो ! ब्लग कुनै छुट्टै साइट पनि हुन् सक्छ वा साइटको एउटा अंग मात्र नि हुन् सक्छ ! ब्लगमा कुनै बिषयको प्रतिक्रिया हुन सक्छ ! केहि घटनाको बर्णन हुन सक्छ ! ब्लगमा फोटोहरु, अडियो वा भिडियो पनि राख्ने गरिन्छ ! साधारणतया ब्लग पोस्ट अलि लामो हुने गर्छ माइक्रो ब्लगिङ्गको तुलनामा ! ब्लगिङ्गको लागि BloggerWordPress सबै भन्दा चलेका साइटहरु हुन् !

माइक्रोब्लगिङ्ग के हो त? 
झट्ट हेर्दा उस्तै उस्तै लागे पनि माइक्रोब्लगिङ्ग र ब्लगिङ्गमा केहि भिन्नताहरु छन ! तर यी दुइ छुट्टै संसारका भने होइनन ! माइक्रोब्लगिङ्ग ब्लगिङ्गको छोटो रुप हो ! ब्लगिङ्गमा आफ्नो कुरालाई बिस्तृतमा प्रस्तुत गरिन्छ भने माइक्रोब्लगिङ्गमा केहि वाक्यमा राखिन्छ ! यसमा टेक्स्ट तथा इन्स्यान्ट मेसेजिंग पनि समाबेस हुन्छ ! उदाहरणको लागि ‘तपाइँ के सोचिरहनु भएको छ’ भन्ने प्रश्नको संक्षिप्त जवाफ ! माइक्रोब्लगिङ्गको सबै भन्दा राम्रो उदाहरण Twitter हो ! टुइटरमा जम्मा १४० अक्षर नबढाई आफ्नो कुरा पोस्ट गर्न सकिन्छ !

अब प्रसङ्ग जोडौ, हालै सामाजिक संजाल तताएको टुइटरका सक्रिय प्रयोगकर्ता काकाबा लाई मेरो रिपोर्ट ले ब्लगर अफ द विक घोसणा गरेको बिषय ! मेरो रिपोर्ट नेपालका पत्रकार र ब्लगरहरू को अनलाईन संजाल हो ! प्रत्येक हप्ता ब्लगिङ्गमा सक्रिय उत्कृस्ट ब्लग्गरलाई ब्लगर अफ द विक को रुपमा चुन्ने गरेकोमा यो हप्ता टुइटरमा छुट्टै ख्याती कमाइसकेका हरि न्यौपाने लाई चुनियो ! सधै ब्लगिङ्गको विधाबाट चुन्ने गरिएकोमा यो पल्ट माइक्रो ब्लगिङ्गको क्षेत्रबाट चुनिनुलाई कतिपयले नयाँ र राम्रो माने भने कतिले ब्लगिङ्ग नै नगर्ने पनि ब्लगर अफ द विक छानिनु अनुपयुक्त भयो भने ! यहि कुरोको बादबिबादले सामाजिक संजालमा गर्मि थपी दियो !

मेरो बिचारमा काकाबालाई ब्लगर अफ द विक चुनिनुलाई अनुपयुक्त मान्न सकिदैन ! ब्लगर वा वोर्डप्रेस मा लामो लामो पोस्ट लेख्दैमा मात्रै ब्लगर हुने त हैन नि ! माइक्रो ब्लगिङ्ग पनि ब्लगिङ्ग कै एउटा अंग हो ! फरक पोस्ट गरिने कुराको लम्बाईमा हो ! अनि पोस्टको गहिराइमा हो ! आफ्नो कुरालाई छोटकरीमा राख्न मन लागे माइक्रो ब्लगिङ्ग प्रयोग गर्ने ! सविस्तार प्रस्तुत गर्नु छ भने ब्लग्गिंग ! तर उस्तै हो भन्दै मा यौटै हो भनेर अनाबस्यक बहस गर्नु पनि बेकार हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.