पश्चाताप [कविता]

जिन्दगी यो बोझ भयो कहाँ लगि बिसाउ
तिमीले दिएको घातको घाउ कहाँ शान्त बनाउ
मिठो अतित सम्झी सम्झी बर्तमान आज रुदैछ
क्षत विक्षत मुटु मेरो अझ धेरै पोल्दैछ !

तिम्रो प्रेमको निमन्त्रणा मरणको निम्ता रहेछ
त्यहि निम्ता स्वीकार गरें यहिनेर भूल भएछ
आँखाबाट नुनिला आँसुका धारा अविरल झर्दैछ
काँडाले मात्र हैन मलाई फूलले पनि घोच्दैछ !!!


निलाम्बर शर्मा
२०५९-०४-०७

3 thoughts on “पश्चाताप [कविता]

Leave a Reply

Your email address will not be published. Required fields are marked *