श्रीकृष्णका सच्चा भक्त

lord_krishna

धेरै अघिको कुरा हो । एउटा गाउँमा भगवान श्रीकृष्णका भक्तहरुको बाहुल्यता थियो । सबै गाउँले कृष्णभत्त थिए केबल एकजनालाई छोडेर । अरु सबै गाउँले कृष्णको स्तुतिगान र पूजाआजामा मग्न हुन्थे तर ती व्यक्ति भने कुनै वास्तै गर्दैनथे ।

ती व्यक्तिको अचम्मको व्यवहार देखेर भगवान श्री कृष्णलाई पनि अचम्म लागेछ । त्यपछि तिनको बारेमा बुझ्न एउटा उपाय सुझाएछन् । कृष्ण एउटा साधारण मान्छेको रुप धारण गरी त्यो गाउँमा गए अनि झ्याली पिट्न थाले कि भगवान श्री कृष्ण गाउँमा आउँदैछन् र उनले सियोको प्वालबाट हात्ती छिराएर देखाउने छन् । त्यसपछि सारा गाउँ नै उल्टेर प्रदर्शनीस्थलमा जम्मा हुन थाले तर ती व्यक्ति भने आरामसाथ चौतारीमा बसेर सुसेली रहे ।

अति नै उत्सुकता जागे पछि कृष्ण मान्छेको रुप लिई ती व्यक्ति नजिक पुगेर सोधे – “सारा गाउँले भगवान श्री कृष्णको लिला हेर्न उत्सुक छन् । सियोको प्वालबाट हात्ती छिराएर देखाउने रे । के तिमीलाई चाँही विश्वास लागेन ?”

त्यसपछि ती व्यक्तिले शालिनतापूर्वक भने –“भगवान श्री कृष्णले चाहे भने पुरा पृथ्वी नै सियोको प्वालबाट छिराउन सक्नु हुन्छ । त्यो त उँहाको लागि सामान्य कुरा हो ।”

अनि त्यसपछि श्रीकृष्ण ती व्यक्तिसँग खुसी हुँदै फर्किए । उनले बुझे कि सारा गाउँले भन्दा उनलाई चिन्ने त ती व्यक्ति पो रहेछन् ।

One thought on “श्रीकृष्णका सच्चा भक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.